.

प्रधानमन्त्री शाह मन्त्रीहरूसँगको छलफलमा व्यस्त

 प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका शाहले आज ९आइतबार० प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूसँग परामर्श गरिरहेका हुन्।


प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, सरकारका प्राथमिकता र आगामी कार्ययोजनाबारे मन्त्रीहरूसँग छलफल भइरहेको छ। शुक्रबार नै पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको थियो। ती निर्णयहरूको कार्यान्वयन र शासकीय सुधारका विषयमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिने बुझिएको छ।


विशेषगरी सार्वजनिक सेवा प्रवाहलाई छिटो(छरितो बनाउने र सुशासन प्रवर्द्धन गर्ने बालेन सरकारको मुख्य एजेन्डा रहेको छ। मन्त्रीहरूसँगको यो छलफलपछि सरकारले केही नयाँ नीतिगत कदमहरू चाल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया