.

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य च्युन नेपालमा, प्रचण्डको चीन भ्रमणको विषय टुङ्गिने सम्भावना

विराटनगर , ७ साउन ।  चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का पोलिटब्युरो सदस्य युआन च्या च्युन नेपाल आउनुभएको छ । श्रीलङ्का भ्रमणमा रहेका पोलिटब्युरो सदस्य च्युन तीन दिने नेपाल भ्रमणका लागि बिहान काठमाण्डौ आइपुग्नुभएको हो ।

गएको पुसमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि चीनबाट भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो । युआन सीपीसीका २४ जना केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक सदस्य हुनुहुन्छ । सात जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रूपमा केन्द्रीय पोलिटब्युरोलाई लिइन्छ । तर प्रचण्ड हिजो शनिवार नै इटली गएको हुनाले च्युनले उहाँसँग भेटवार्ता गर्न पाउनु हुनेछैन ।

यो भ्रमणमा च्युनले सरकारी र राजनीतिक पार्टीका शीर्ष नेतासँग भेट्ने सम्भावना छ । भेटवार्ताको विषयमा लिएर नेपालमा रहेको चिनियाँ दूतावास, परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरूबीच गृहकार्य भइरहेको छ ।

यसै अवसरमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका टुङ्गो लगाउने सम्भावना पनि रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड केही समयअघि नै चीन जान चाहे पनि चिनियाँ राष्ट्रपतिको व्ययस्तताका कारण सम्भव भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया