विराटनगर ,७ साउन।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन्। । गुटबन्दीको आफू पनि सिकार भएको भन्दै अन्तर्घात गर्नेलाई कडा अनुशासनको कारबाही गरिनुपर्ने उनको भनाइ छ ।
आफू प्रदेश सभा चुनाव लड्न हराउन खोजे पनि मेयर हुँदाका बेला गरेको कामले गर्दा जनताको मतले जित्न सफल भएको उनको भनाइ छ । उनले पार्टीका शीर्ष नेताको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने पनि बताए । केन्द्रीय नेता पनि महाधिवेशनअघि वडाबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै समावेश गर्न उहाले माग गरे। यस्तै उनले नीति महाधिवेशन र महासमिति बैठकसँगै बोलाउनुपर्ने बताए ।
भ्रातृ सङ्गठनलाई युवामैत्री बनाउन तरुण दलमा ४० र नेविसंघ ३२ र नेपाल महिलासंघमा ४५ वर्षको उमेर हद राख्नुपर्ने बताए । ‘महाधिवेशन प्रतिनिधिमा १८ देखि ४० सम्मका उमेर समूहलाई छुट्टै आरक्षको व्यवस्था गरिनृ पर्ने समेत माग गर्नु भएको छ । धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातनको एजेन्डा कांग्रेसले बोकेर हिंड्नुपर्ने पनि पराजुलीले बताए ।