.

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गैरकानुनी गतिविधि गरेको आरोपमा सिरहा क्षेत्र नम्बर– ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य चुनावको मौन अवधिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नेपाल–भारत सीमा माडरमा गाडी जाँचका क्रममा चार लाख ८७ हजार नगद पनि भेटिएको छ । मौन अवधिको बेला गैरकानुनी गतिविधि भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।


थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको पालले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया