.

चुनावमा सहभागी हुन मतदातालाई प्रधानमन्त्री सुशिला कार्कीको अपील

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा सहभागी हुनका लागि सबै मतदातालाई आग्रह गर्नुभएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि फागुन २१ गते बिहीवार हुने चुनावमा सहभागी हुन आग्रह गर्नुभएको हो । 


एक दिनका अरू कामै छोडेर भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्न प्रधानमन्त्री कार्कीको आग्रह छ । उहाँले चुनाव सम्पन्न गराउनका लागि भूमिका खेलेको निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया