विराटनगर ,४ साउन । सीके राउत नेतृत्वको जनमत पार्टीमा विवाद बढ्दा केही नेताहरू कारबाहीमा परेका छन् । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा नेताहरू कारबाही परेका हुन् ।
पार्टी अनुशासन समितिका प्रमुखको रोहबरमा बसेको बैठकले केही नेतालाई साधारण सदस्यबाटै हटाएको छ भने केहीलाई निलम्बन गरेको छ ।
कारबाहीमा पर्नेहरुमा बारा २ मा गएको प्रतिनिधिसभा उपचुनावमा उम्मेदवार रहेका शिवचन्द्र कुशवाह, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् । कुशवाहालाई साधारण सदस्यसमेत नरहेने गरी कारबाही गरिएको छ ।
मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको हो ।
जसपाले यसअघि समानुपातिक सांसदलाई कारबाही गरी नयाँ सांसद सिफारिस गरेको थियो । कुशवाहले अनुशासनहिनता प्रदर्शन गरेको भन्दै कारबाही गरिएको हो ।