.

एमाले वाग्मती अधिवेशन स् सुरुमा अध्यक्षका उमेदवारद्वयले गरे मतदान

विराटनगर , १२ असोज । नेकपा एमाले वाग्मती प्रदेश अधिवेशनअन्तर्गत मतदान सुरु भएको छ ।  


ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १ बजेबाट मतदान सुरु भएको हो । जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामा गएको हो । 


सुरुमा अध्यक्षका उमेदवारद्वयले मतदान गरेका छन् । मतदान गर्न एकजनालाई १५ मिनेट जति लाग्ने नेताहरूले बताएका छन् ।  मतदान गर्न दाहाललाई १२ र ढुंगेललाई १५ मिनेट लागेको थियो । 

म्बदगच लभउब

िब्नलष् न्चयगउ


एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । मतदानका लागि प्रतिनिधिहरू कुपन लिएर लामबद्ध भएका छन् । 


निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । 


असोज ८ गतेबाट जारी अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय कमिटी छान्नेछ । वाग्मतीमा एक हजार १६४ प्रतिनिधिले मतदान गर्नेछन् ।


अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुँदै छ । उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद  खतिवडा र राजेन्द्र राजथलाले उमेदवारी दिएका छन् ।


सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितले उमेदवारी दिएका छन् । 


दुई उपसचिवका लागि ओमराज पन्त ९अच्युत०, कृष्णहरि थापा, खड्गबहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेमबहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्तकुमारी लामा र रिता गौतम ढकाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया