.

एमाले सचिवालयको आकस्मिक बैठक ः नेम्वाङको निधनमा शोक प्रस्ताव पारित,असोज २ गते श्रद्धाञ्जली सभा

विराटनगर , २६ भदौ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । मंगलबार च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले एमाले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र उनको निर्वाचन क्षेत्र इलाममा शोकपुस्तिका राख्ने निर्णय समेत गरेको छ।


सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको छ । असोज २ गते विशेष श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ। बैठकका क्रममा एमालेले नेम्वाङको कुर्सीमा फूलमाला राखेको थियो । 


नेम्वाङको हृदयघातबाट मंगलबार राति निधन भएको हो । हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो।उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा  राखिएको छ।श्रद्धाञ्जली दिन त्यहाँ एमाले नेता,कार्यकर्ता तथा शुभचिन्तकहरूको भीड लागेको  छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली दिएका छन्। नेम्वाङलाई नेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन्। नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिनेछ। सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

इसैबिच 

मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको उपचारका क्रममा बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत हुनुहुन्थ्यो । यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो 

.।

त्यस्तै साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको आज निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका पराजुलीको उपचारकै क्रममा आज बिहान निधन भएको हो । साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा कृतिहरु प्रकाशित छन् । शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो र भ्रष्ट समवेदना (कविता), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) लगायत कृतिकरु प्रकाशित छन् । पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया