विराटनगर , १९ भदौ । बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस जारी छ। सरकारी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएकाले आजदेखि प्रतिवादी पक्षका कानु्न व्यवसायीहरूले बहस गरिरहेका छन्। ।
सोमबार सरकारी कानुन व्यवसायीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतप्रसाद न्यौपानेसहित ६ जनाले बहस गरेका थिए। काठमाडौं जिल्ला अदालतका वैतनिक वकिल शंकर पौडेलले सोमबार सरकारी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएकाले आजदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूको बहस भइरहेको जानकारी दिए। उनका अनुसार थुनछेक बहस सकिन अझै एक दुई दिन लाग्नेछ । थुनामा रहेका १८ जनाको बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो । दुवै तर्फका कानुन व्यवसायीको बहस सकिएपछि पक्राउ परेकाहरूलाई थुनामा राख्ने किन धरौटीमा छोड्ने आदेश आउनेछ ।