.

नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना

विराटनगर ,१८ भदौ। सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् । ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधिसभा र मेरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया