.

शिक्षा ऐनको विरोधमा उत्रिए शिक्षक,आज स्थानीय तहमा धर्ना

विराटनगर , २८ साउन । संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ,संगठन आन्दोलनमा उत्रिएका छन् । 

सबै शिक्षक संघ,संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् ।  आज बिहान ११ बजेबाट २ बजेसम्म सबै स्थानीय पालिकामा महासंघको अगुवाइमा धर्ना दिइएको नेपाल शिक्षक महासंघ टीकापुर नगर कमिटीका अध्यक्ष रघुनाथ उपाध्यायले बताए ।

सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो । 

उपाध्यायले शिक्षक आन्दोलनमा उत्रिए पनि पठनपाठन भने नियमित भइरहेको बताए ।

महासंघले यसपघि जिल्ला,प्रदेश र संघमा विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया