.

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

विराटनगर ,२६ साउन । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाण्डौबाट पक्राउ गरिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । सीआईबीले बिहीवार कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित पाँचजनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया