सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिकक बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको सरकारले जनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय अबदेखि ९ देखि ५ बजे कायम हुनेछ ।