.

अर्काको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर एसईई दिने पक्राउ

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिन आएका नक्कली परिक्षार्थी हेटौंडामा पक्राउ परेका छन । 

शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका – १० भुटनदेवी स्थित सोलिड्यारेटी मा.बि परिक्षा केन्द्रमा अर्काको नामको प्रवेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिन आएको नक्कली परिक्षार्थी पक्राउ परेका हुन । 

जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार प्रक्राउ पर्नेमा जिल्ला सिन्धुली मरिन गाउँपालिका – ४ घर भई हाल हेटौडा उपमहानगरपालिका –४ स्थित हेटौडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्यनरत अन्दाजी बर्ष १७÷१८ को बिराज बि.क. रहेका छन। 

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा वि.क.ले हेटौंडा उपमहानगरपालिका – १२ पदमपोखरी बस्ने किशोर श्रेष्ठको छोरा अन्दाजी बर्ष १९ को अंकिश श्रेष्ठको नामको प्रवेश पत्र लिई परिक्षा दिन आएकोले खुल्न आएको प्रहरीले बताएको छ। अहिले उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भईरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया