.

महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीको भविष्यमाथि प्रशासनिक खेलबाड

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीको भविष्यसँग सम्बन्धित गम्भीर प्रशासनिक अनियमितता सार्वजनिक भएको छ ।

विद्यार्थीको भविष्यसँग प्रशासनिक खेलबाड भइरहेको पाइएको हो । क्याम्पसमा चारित्रिक प्रमाणपत्र जारी गर्ने प्रक्रियामा नियम उल्लंघन र कर्मचारीको गैरजिम्मेवारीले विद्यार्थीलाई प्रत्यक्ष जोखिममा पारेको छ ।

विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको आफ्नो ट्रान्सक्रिप्ट लिएर क्याम्पसबाट क्लियरेन्स गर्नुपर्ने, आवश्यक शुल्क तिरेर निवेदन दिनुपर्ने र अन्ततः क्याम्पस प्रमुखको हस्ताक्षरबाट चारित्रिक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया छ । नियमानुसार प्रत्येक कागजात तयार पार्ने, प्रमाणीकरण तथा हस्ताक्षर गर्ने कार्य निश्चित जिम्मेवारी अनुसार फरकफरक कर्मचारीले गर्नुपर्ने व्यवस्था छ ।

तर, व्यवहारमा यो प्रक्रिया मनपरी र अव्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको छ । विशेषगरी, शैक्षिक प्रशासन शाखा प्रमुखको जिम्मेवारीमा कार्यरत विनोद कामतलाई विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको आरोप लागेको हो । मुख्य कार्यालय सहायक पदमा रहेर उनले आफूलाई अधिकृत देखाउँदै चारित्रिक प्रमाणपत्रमा शाखा अधिकृतको किर्ते हस्ताक्षर गरेको र आफ्नो अधिकार नाघेर काम गरेको खुलासा भएको छ ।

स्रोतका अनुसार यस प्रकरणमा क्याम्पस प्रमुख डा. रामावतार शरणको संलग्नता हुनसक्ने आशंका गरिएको छ । सरोकारवालाहरू र सम्बन्धित निकायले यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

महेन्द्र मोरङ क्याम्पसमा भएको घटनाले शिक्षा क्षेत्रमा नक्कली ओहोदा, किर्ते हस्ताक्षर र प्रक्रियागत अव्यवस्थालाई प्रष्ट पार्ने दाहालको भनाइ छ । यसले विश्वविद्यालयको प्रतिष्ठा, विद्यार्थीको अधिकार र भविष्यमा गम्भीर धक्का पु¥याएको उनी बताउँछन् । उनका अनुसार सेक्सन अफिसरको अंग्रेजी छाप दर्ता शाखामा नभएर शैक्षिक प्रशासन शाखामा रहने हुँदा कामतले जानाजान गल्ती गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया