.

भर्ना समयावधी सकिए पनि क्याम्पसले गोप्य रुपमा भर्ना गरेको भन्दै विद्यार्थीले लगाए ताला

भर्ना समयवधी सकिए पनि नियम विपरित भित्र भित्रै क्याम्पस प्रशासनले भर्ना लिएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा विविए संकायको भर्ना समयवधी एक महिना अघि नै सकिएको थियो । तर क्याम्पस प्रशासनले भने नियम मिच्दै भित्रभित्रै विद्यार्थीहरुलाई भर्ना लिएको प्रमाण भेटिएपछि विद्यार्थी संगठनहरुले मंगलबारदेखी अनिस्चित कालको लागि ताला बन्दी गरेका छन् ।

सोही क्याम्पसमा अध्ययननरत विद्यार्थी तथा संगठनहरुले एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनद्धारा तोकिएको भर्ना समयावधी समाप्त भएपछि पनि गोप्य तथा अनियमित तवरमा भर्ना गराएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

तर क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउदा पनि चासो नदिएपछि विद्यार्थीहरुले मंगलबार तालाबन्दी गरिएको विद्यार्थी नेता गौतम मण्डलले जानकारी दिए । गौतमका अनुसार क्याम्पस प्रशासनले तत्काल गल्ती सच्यानुपर्ने , विद्यार्थीहरुको छात्रवृति सुनिस्चित गरी वितरण गर्नुपर्ने , जस्ता उनीहरुले माग राखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया