.

सरकारी विद्यालयको सम्पत्ति दुरुपयोग रोक्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले सरकारी विद्यालयको सम्पत्ति भाडामा लगाउने, आम्दानीको नाममा विभिन्न बहानाबाजी गरी दुरुपयोग गर्ने कार्यमा रोक लगाएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र बालकृष्ण ढकालको इजलासले सरकारी विद्यालयको सम्पत्ति सरकारी सम्पत्ति हुने भएकाले विद्यालय तथा गाउँपालिकालाई समेत विद्यालयको सम्पत्तिमा व्यवस्थापनको नाममा जथाभावी प्रयोग नगर्न बुधबार आदेश गरेको हो ।

काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिकास्थित प्रभा उच्च माध्यामिक विद्यालयको सम्पत्तिसम्बन्धी विवादमा फैसला सुनाउँदै सर्वाेच्चको यस्तो आदेश आएको हो ।

अदालतले गाउँपालिकालाई विद्यालयको जग्गाबारे निर्णय गर्न बदर गरिदिएको छ । अदालतले यो विषयको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न सक्ने आदेश गरेको छ।

विद्यालय व्यवस्थापन र जिल्ला शिक्षा कार्यालयको समेत मिलेमतोमा पहिला जग्गा कित्ताकाट गरी सट्टपट्टा गर्न खोजेकामा सट्टपट्टा हुन नसकेपछि विद्यालय र गाउँपालिकाका अच्च पदस्थहरुको मिलेमतोमा भ्रष्टाचार गरी कृषि उपज केन्द्रलाई भाडामा दिने सम्झौता गरेको पनि रिट निवेदनमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया