.

शिक्षामन्त्री पुनको चेतावनीः ‘चुनाव प्रचारमा लागेर पढाउन नछाड्नू’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक तथा प्राध्यापकका संघ संगठनहरूलाई राजनीतिक दलको भ्रातृ संस्थाको रूपमा स्वीकार नगरिने भनी जारी गरिएको सूचनाबारे थप प्रस्ट पारेका छन् । उनले शिक्षक संघ संगठनहरू राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।


मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो अडान स्पष्ट पारेका हुन् । लले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरू र अभिभावकहरूको हजारौँ गुनासो र उजुरी सुनेर उक्त सूचना प्रकाशित गरिएको मन्त्री पुनले प्रस्ट पारेका छन्। उनले त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने कामलाई भ्रष्टाचारसरह मानेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया