.

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

विराटनगर । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ  । प्रहरीका अनुसार बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया