.

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने विराटनगरका शिक्षकविरुद्ध मुद्दा दायर

विराटनगर ,२६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका विराटनगरका एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

मोरङको विराटनगरको शिक्षा सदन माध्यमिक विद्यालय शिक्षक रामचन्द्र मण्डलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

सहायक प्रवक्ता थपलियाका अनुसार मण्डलले विद्यालयमा पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानको क्रममा मण्डलले भारतबाट बीएस्सी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी अस्थाई शिक्षक नियुक्ति लिएका थिए ।

उनले अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमासमेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१०अनुसारको कसुरमा सजायको मागदाबी गर्दै आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया