.

हाम्रो शिक्षा नीति व्यवहारिक भएन, यसलाई बदल्नुपर्छ : सांसद पोखरेल

विराटनगर , २२ असोज ।    नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले नेपालको शिक्षा नीति व्यवहारिक नभएको बताएका छन् । सरकारले सांस्कृतिक शैक्षिक परम्परालाई निस्तेज पारेको उनले बताए ।


सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नेपालको शिक्षा नीतिले आधुनिकता र प्रविधिलाई सापेक्षतामा प्रयोग गर्न नसिकाएको बताए । उनले अगाडि भनेका छन्, ‘हाम्रो शिक्षा नीतिले आजसम्म दक्ष जनशत्ति उत्पादनमा कुनै बल पुर्याएन, आत्मनिर्भर हुन सिकाएन, श्रमलाई सम्मान गर्न सिकाएन, उद्याशिल हुन सिकाएन, संकार, संस्कृति, नैतिक र सामाजिक हुन सिकाएन, राष्ट्र राष्ट्रियता र स्वाभिमानि वन्न सिकाएन, सीप र जाँगरलाई प्रयोग गर्ने विधि, ठाउँ, जुत्ति दिन सकेन ।’


शिक्षाको अर्थ चेतना भएको बताउँदै पोखरेलले चेत–ज्ञानमा वदलिन्छ, ज्ञानले परिस्थितिलाई बदल्छ भन्ने कुराको ज्ञान शिक्षा नीतिले दिन नसकेको बताए । उनले खोज, अनुसन्धान, अध्यन र प्रयोगवाट अविस्कार वा समयको परिवर्तन र त्यसले ल्याउने भविष्यको अनुमान गर्न सिकाउनुपर्ने बताए ।


सरकारले शिक्षकहरुको मर्यादाको कुनै ठाउँ नदिएको बताए । उदाहरणसहित उनले भने, ‘गुरुले १५ वर्ष पढाएको व्यत्ति सांसद, मन्त्री, प्रधानमन्त्री, न्यायाधीश, पाईलट, वैज्ञानिक आदिआदि भए तर तिनलाई कसले पठाएको र तिनका गुरु को हुन भनेर कहिल्यै खोजी भएन ।’ विद्यालयलाई सरकारले मन्दिर वा देशको भविष्य हो भन्ने कहिलै नठानेको उनको गुनासो छ ।


सरकारले शिक्षा क्षेत्रलाई वर्गीकरण गरेर लाल र माफियाको स्वार्थमा व्यापार र उद्योग बनाएको बताए ।


आफू लामो समय विद्यार्थी आन्दोलनमा सक्रिाय रहेको बताउँदै उनले आफूहरु यो परिस्थितिलाई बदल्छौँ भनेर हिँडेको तर राज्यले कहिल्यै नसुनेको बताए ।


संविधानसभा सदस्यसमेत रहेका पोखरेलले शिक्षामा सवै नागरिकको पहुच बराबरी र दायित्व राज्यको हुनेछ भनेर लागिरहँदा संयोगले संविधानमा त्यसै भनेर हस्ताक्षर गर्न पाएको उल्लेख गरे ।


सरकारले दर्ता गरेका शिक्षा विधेयकमा यस्त विषय र आवश्यकताको कुनै पनि प्रश्नको उत्तर नभेटेको उनको भनाइ छ । यो शिक्षा विधेयकले परिस्थितिलाई बदल्न नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया