.

सरकारसँगको सम्झौताले राहत शिक्षकलाई ‘आहत’( सडकमै सुतेर विरोध प्रदर्शन )

विराटनगर , ८ असोज । सरकारसँग भएको ७ बुँदे सहमति अमान्य रहेको भन्दै राहतका शिक्षकले आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफ्नो माग समाधान नगरेको भन्दै आन्दोलन नरोकेका उनीहरूले आज बबरमहल(माइतीघर सडकमा सुतेर विरोध जनाए ।

बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका थिए । तर, सरकारसँगको सहमतिमा आफ्ना एजेण्डा सुनुवाइ नभएको भन्दै उनीहरू महासंघसँग रिसाएका हुन् । त्यसैले राहत शिक्षक भने कार्यक्षेत्र नफर्की आन्दोलनमै होमिएका हुन् ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन जारी राखेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।


२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने आफूहरूको माग रहेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया