.

बालबालिकाले लामो समय मोबाइल, कम्प्युटर र टिभी हेर्दा कम्मर दुख्ने समस्या बढाउने अध्ययनको निष्कर्ष

बालबालिकाहरूले मोबाइल, कम्प्युटर र टिभी हेरेर बिताउने समयले कम्मर दुख्ने समस्या बढाउने नयाँ अध्ययनले देखाएको छ ।

हेल्थकेयर जर्नलमा हिजो प्रकाशित अध्ययन प्रतिबेदन अनुसार स्क्रिनको अगाडि बढी समय बिताउने बालबालिकामा ढाडको तल्लो भागमा दुख्ने समस्या बढ्ने जोखिम हुन्छ । विश्वभरबाट ६ देखि १८ वर्ष उमेर समूहका झन्डै ५८ हजारबालबालिकाहरूको तथ्याङ्क विश्लेषण गर्दै गरेको अध्ययनले स्क्रिन समयको हरेक थप घण्टाले बालबालिकामा कम्मर दुख्ने समस्याको सम्भावना २६ प्रतिशतले बढाउने देखाएको छ ।

चिकित्सकहरूका अनुसार बालबालिकामा कम्मरको तल्लो भाग दुख्ने समस्या बढ्दै गएको छ । स्क्रिनको अगाडि बस्दा बालबालिकाहरू प्रायः झुकेर वा गलत स्थितिमा बस्ने हुदा मेरुदण्ड र आसपासका मांसपेशीमा असामान्य  दबाबले समयसँगै दुखाइ र अन्य समस्या निम्त्याउन सक्ने प्रतिबेदनमा भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाहरूको स्क्रिन समय दैनिक २ घण्टाभन्दा कम राख्न सिफारिस गरेको छ । तर, नेपालका धेरै बालबालिकाहरू यो सीमाभन्दा धेरै समय स्क्रिनको अगाडि बिताइरहेका छन् ।

स्वास्थ्य विशेषज्ञहरूले बालबालिकाहरूलाई नियमित शारीरिक गतिविधिमा संलग्न गराउन, उचित बस्ने तरिका सिकाउन र स्क्रिन समय सीमित गर्न सुझाव दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया