.

वराहक्षेत्र नगरपालिकाले नगरवासीको निःशुल्क डेङ्गु परीक्षण गर्दै

विराटनगर ,४ साउन । वराहक्षेत्र नगर अस्पताल मार्फत नगरपालिकाले डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ ।निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरूले डेङ्गु परीक्षणको १५०० देखि २००० सम्म लिइरहेको अवस्थामा नगरपालिकाले नगरवासीको निःशुल्क परीक्षण गरिदिने भएको हो।

वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामीहरू फेला परिरहेको र हाल केही बिरामीहरू अस्पतालमा उपचाररत रहेका छन् ।तीव्र रूपमा बढी रहेको बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै नगर अस्पतालले नगर भित्रका बिरामी बिशेषगरी अति विपन्न तथा गरिब, श्रमिक, मजदुरलाई पहिलो प्राथमिकता राखी आवश्यक बिरामीहरूलाई डेङ्गु परीक्षण निःशुल्क गरिने सूचना जारी गरी जानकारी गराएको छ । डेङगु नियन्त्रणका लागि स्प्रे गर्न थालिएको छ। लामखुट्टे नष्ट गर्न विषादी स्प्रे मार्फत लगाउने कार्यमा वराहक्षेत्र नगरपालिकाका मेयर आफै लागि परेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया