विराटनगर । विरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने पत्ता लाग्न सकेको छैन । गएको शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिनुभयो । हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता नलागेको उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतवारदेखि पानीको परीक्षणलगायतका काम गरिरेहेका हुनाले सम्भवत आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखिएको अधिकृत ठाकुरको बताउनु भयो ।
नारायणी अस्पतालमा हैजाका मात्र ३१ ज्ना विरामी भर्ना भएका छन् । भने अन्य विरामीको चाप अत्याधिक भएको तर प्रयाप्त जनशक्तिको अभावमा उपचारमा कठिनाई भएको नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले जाकारी दिनु भयो ।
विभिन्न निकायले गर्ने भनिएको सहयोग कागजी प्रकियामै सीमित रहेका उहाँको भनाई छ ।
प्रवक्ता सिंहले हैजाको महामारीका साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गर्नुभयो ।