.

डब्लुएचओद्वारा इथियोपियामा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्र स्थापना

विराटनगर , ८ फाल्गुन ।  विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले सोमबार इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्रहरू स्थापना गरेको छ।

संयुक्त राष्ट्रसङ्घ स्वास्थ्य एजेन्सीले जनाए अनुसार भर्खरै स्थापित उपचार केन्द्रहरूले हैजाको उपचारको लागि बिरामी हेरचाहको उपलब्धता, पहुँच र गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । डब्लुएचओले यस कदमले पीडितको जीवन बचाउनका लागि महत्त्वपूर्ण र प्रभावकारी  काम गर्ने बताएको छ ।  

त्यसमा आवश्यक चिकित्सा उपकरणले सुसज्जित ७१८ शय्या क्षमताको हैजा उपचार केन्द्रमा स्क्रिनिङ र ट्राइज, अवलोकन, भर्ना, रिकभरी, फोहोर व्यवस्थापन, लुगा धुने, क्लोरिन तयारी, भान्छा लगायतको व्यवस्थापन गरिएको छ ।

डब्ल्युएचओका अनुसार इथियोपियामा चलिरहेको हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ४६८ पुगेको छ भने जनवरी ३० सम्म पूर्वी अफ्रिकी देशमा ३२ हजार ५४८ हैजाका घटनाहरू रिपोर्ट गरिएको छ।

इथियोपियामा हैजाको प्रकोप फैलिएको बीच संयुक्त राष्ट्रसङ्घ एजेन्सीहरू महामारी फैलिनुका कारण पत्ता लगाई  समाधानका लागि आवश्यक कदम चाल्न सबै पक्षसँग आह्वान गरिरहेका छन्।

इथियोपियामा हैजाको प्रकोप जारी रहेका बेला  संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र मानवीय साझेदारहरूले देशमा बारम्बार हैजाको प्रकोपको फैलनुका मूल कारणहरूलाई सम्बोधन गर्न दिगो समाधानका लागि आह्वान गरिरहेका छन् । मूलतः कम गुणस्तरको पिउने पानी र खुला शौचालय नै मुख्य कारण मानिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया