.

तेह्रथुमको स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

विराटनगर , १७ कात्तिक । तेह्रथुमको छथर गाउँपालिका फाक्चामारामा रहेको स्वास्थ्य चौकीलाई निःशुल्क स्वास्थ्य उपकरण प्रदान गरीएको छ ।


उपकरणको अभावमा स्वास्थ्य सेवा पाउन वञ्चित सर्वसाधरणले उपकरणका साथै गाउँमै स्वास्थ्य सेवा पाउने भएका छन् । स्थानीय झमक ईमेहाङ लिम्बु र मेशबहादुर ईमेहाङ लिम्बुले २ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गर्नु भएको हो ।


आर्थिक अवस्था कमजोर भएका सर्वसाधरणलाई गाउँमै स्वास्थ्य सेवा सहज होस भन्ने उद्देश्यले स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।


छथर गाउँपालिकाको वडा नम्बर ३ र ४ का सर्वसाधरणले स्वास्थ्यचौकीबाट सेवा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया