.

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

विराटनगर , ३ कात्तिक ।चीनको बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।


उहााको स्वास्थ्यमा राम्रो सुधार भएकाले आज बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको हो । छोटो भिडियो कुराकानीको क्रममा श्रेष्ठ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताउनुभएको छ ।


यस्तै, बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहनुभएका श्रेष्ठलाई गत बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि उहाँलाई अस्पताल लगिएको थियो । अस्पतालमा उहाँको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।


बीआरआईको कार्यक्रममा सहभागी भएर आज नेपाल फर्किने कार्यक्रम रहेपनि बिरामी भएकाले उहाँको चीन बसाइ लम्बिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया