.

सेयर बजार १२ अंकले घट्यो, सबै उपसमूहको सूचक नकारात्मक

४ भदौ, विराटनगर ।साताको सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२।९३ अंकले घटेर १९९८।२८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १।५० अंकले घटेर ३८२।६२ विन्दुमा अडिएको छ।


आज २७२ कम्पनीको ४१ हजार ६३ हजार ८७२ कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाख १ हजार ६०१ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक दोहोरो अंकले घटेपनि दुईवटा कम्पनीको मूल्य भने सकारात्मक सर्किट लागेको छ।


लक्ष्मी लघुवित्त वित्तीय र कुथेली बुखारी स्माइल हाइडोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। सेयर कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। 

सो कम्पनीको ८ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यसैगरी आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख र सोल्टी होटलको ५ करोड ७८ करोडको सेयर कारोबार भयो।


कारोबार आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया