विराटनगर, २६ साउन । नेपाल प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरिएको जनाएको हो।
बिहीबार नागढुंगा चेक प्वाइन्टमा पर्यटक बसलाई चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने एक हजार दरका नेपाली मुद्रा ९नोट०३५ गड्डीमा ३५ लाख त्रिहत्तर हजार फेला पारिएको र थप अनुसन्धान गर्दा गंगबु र भक्तपुरबाट थप नक्कली नोटसहित संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका अर्जुन सुवेदी, सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, श्री कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीका पार्वती नेपाली रहेका छन्।
उनीहरूबाट पेपर कटर मेसिन, कलर प्रिन्टर थान, प्रिन्ट पेपर रिम लगायतका सामग्री बरामद गरिएको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए।
पक्राउमा परेका व्यक्तिहरू उपर मुद्रा सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरिएको जनाएको हो।
बिहीबार नागढुंगा चेक प्वाइन्टमा पर्यटक बसलाई चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने एक हजार दरका नेपाली मुद्रा ९नोट०३५ गड्डीमा ३५ लाख त्रिहत्तर हजार फेला पारिएको र थप अनुसन्धान गर्दा गंगबु र भक्तपुरबाट थप नक्कली नोटसहित संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका अर्जुन सुवेदी, सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, श्री कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीका पार्वती नेपाली रहेका छन्।
उनीहरूबाट पेपर कटर मेसिन, कलर प्रिन्टर थान, प्रिन्ट पेपर रिम लगायतका सामग्री बरामद गरिएको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए।
पक्राउमा परेका व्यक्तिहरू उपर मुद्रा सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?