.

लगातार तेस्रो दिन पनि शेयर बजार राताम्मे, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

विराटनगर, २३ साउन ।   लगातार तेस्रो दिन पनि शेयर बजार राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २८ दशमलव ४० अङ्कले घटेर दुई हजार १९ दशमलव ८५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै गुराँस फाइनान्सको शेयर आठ प्रतिशत तथा विजय लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ ।

आज ४८ लाख ६० हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया