विराटनगर,१६ साउन । नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। विराटनगर ,१६ साउन। सेयर कारोबार साताको तेस्रो दिन आज नेप्से परिसूचक २८।५९ अंकले घटेर २०७७।५८ विन्दुमा पुगेको हो।
सोमबार नेप्से परिसूचक ५।८४ अंकले बढेर २१०६।१८ विन्दुमा पु्गेको थियो। सो दिन १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।
यसदिन २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ८ करोड बढिको सेयर कारोबार गरी अपर तामाकोशी शीर्षस्थानमा रह्यो।
यस्तै शिवम सिमेन्टको ७ करोड र सोल्टी होटलको ६ करोड बढि रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने बाँकी १ को मात्रै बढ्यो।
म्युचुअल फण्डको ०।३५ प्रतिशतले सेयर मूल्य बढेको हो। आज १९६ कम्पनीको मूल्य घट्दा १७ को मात्रै बढ्यो। ३ उपसमूहको मूल्य भने स्थिर रहयो।