.

सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ, थप १५ दिन हिरासतमा राख्न अनुमति

विराटनगर ,१५ साउन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट झण्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए । दावाले हङकङबाट आएको तस्करीको सुन भारत पुर्याउन काठमाण्डौमा व्यवस्थापकको भूमिका निर्वाह गरेको आशङ्का छ । उनकै योजनामा टोखामा तस्करीको सुन गाल्ने कारखाना सञ्चालन भएको पनि खुलेको छ । ४ गते नै राजस्वले सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गाे कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो । तस्करीको सुन भन्सारबाट पास गरेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल तथा भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् । तस्करीमा संलग्न चिनियाँ नागरिकलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ पनि पक्राउ परेका छन् । आरोपित सबैलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया