.

नयाँ आर्थिक वर्षको पहिलो साता, नाफामा सरकार

विराटनगर, ११ साउन।  नयाँ आर्थिक वर्ष २०८०र८१ को पहिलो साता १० साउनसम्म सरकार नाफामा देखिएको छ। सरकारको खर्चभन्दा आम्दानी बढी भएपछि नाफामा गएको देखिएको महालेखा नियन्त्रक कार्यालयको विवरणले देखाएको हो।

महालेखाका अनुसार १० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख आम्दानी गरेको छ। जबकि यो अवधिमा सरकारको खर्च १२ अर्ब ६४ करोड ६४ लाख भएको छ।

सरकारले १० साउनसम्म राजस्वबाट १० अर्ब ९६ करोड र अन्य आम्दानी ३ अर्ब ५८ करोड भएको महालेखाले बताएको छ। १० दिनमा चालू प्रकृतिको खर्च ५३ करोड ६४ लाखभएको छ भने पुँजीगत खर्च सुरु भइनसकेको महालेखाको विवरणमा उल्लेख छ। गत १५ जेठमा सार्वजनिक आगामी आर्थिक वर्ष २०८०÷८१ को १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट वरपर रहेर सरकारले खर्च गरिरहेको छ।

बुधबार मात्रै अर्थमन्त्री प्रकाशशरण महतले कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी १५ दिनभित्र काम सुरु गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री महतले सुरु महिनामै सक्रियता देखाएका हुन्।

विभिन्न भन्सार र राजस्व कार्यालय अवलोकन गरेका अर्थमन्त्री महतले १५ साउनदेखि नै समयसीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवसँग अर्थ मन्त्रालयमा सामूहिक छलफल गरेका हुन्। छलफलमा मन्त्री महतले डीपीआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न सचिवलाई निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया