.

निर्माणमा ढिलासुस्ती गर्ने तीन निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी

सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरले निर्माण कार्यमा चरम ढिलासुस्ती गर्ने र आयोजना अलपत्र छाड्ने तीनवटा निर्माण कम्पनीहरूलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत काम सम्पन्न गर्न चासो नदेखाएपछि डिभिजनले सोमबार कारबाहीको प्रक्रिया अघि बढाएको हो।

कार्यालयले सूचना प्रकाशित भएको १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र मनासिब कारणसहित स्पष्टीकरण नआएमा ठेक्का सम्झौता अन्त्य गरी कम्पनीहरूलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत जफत गर्ने र बाँकी कामको थप खर्च सरकारी बाँकी सरह असुलउपर गर्ने चेतावनी सडक डिभिजनले दिएको छ।

सडक डिभिजन महेन्द्रनगरका अनुसार सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को प्रावधान बमोजिम यी कम्पनीहरूमाथि कडा कानुनी कारबाही अघि बढाइनेछ। निर्माण व्यवसायीको लापरवाहीका कारण महत्त्वपूर्ण सडक आयोजनाहरू समयमै सम्पन्न हुन नसक्दा सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया