.

सुनचाँदीको भाउ बढ्नेक्रम रोकिएन ः सुन आज तोलाको २ लाख ७८ हजार रुपैयाँ पुग्यो

सुनचाँदीको भाउ बढ्नेक्रम रोकिएको छैन । अस्ति सोमबारयता सुनचाँदीको भाउ निरन्तर बढीरहेको छ ।

सुनचाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा एकैदिन ३ सय १५ रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो चाँदीको अहिलेसम्मकै उच्च भाउ हो । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया