.

सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो ः केही रकम र चालकसहित ५ जना पक्राउ

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम लुटपाट भएको छ । हिजो बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रोक्नेक्रममा सुरक्षागार्ड रुद्र कार्की घाइते हुनुभएको छ ।नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ ।

पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २–३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

लुटपाटमा संलग्नमध्ये गाडी, त्यसका चालकसहित ५ जना पक्राउ परेका छन् ।सुवेदीका अनुसार लुटिएको रकम मध्ये झन्डै एक करोड ८० लाख रुपैयाँ पनि फेला परेको छ । मंगलबार राति ८ ः ४० बजेतिर ५र६ जनाको समूहमा आएका लुटेराहरूले बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाई बैंकका अन्य कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लुटेराहरूले काभ्रेको बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी०३९८ नम्बरको टाढा सुमो जीप र चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा लुटेराहरुको खोजी र घटनाको अनुसन्धान कार्य तीव्र पारीएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया