पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा झन्डै १६ अर्ब २ करोड रुपैयाँको सामान आयात भएको छ । यस्तै ८ अर्ब ९६ करोडको निर्यात भएको छ ।
गएको वर्षको तुलनामा आयात १२ दशमलव १२ प्रतिशतले बढेको छ भने निर्यात ४ दशमलव १२ प्रतिशतले घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।
यस अवधिमा ५ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । राजश्व संकलन गएको वर्षको तुलनामा १५ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ ।
चियाको निर्यात झन्डै ३७ प्रतिशतले, प्लाइउड ५२ दशमलव ७ प्रतिशत, अम्रिसो २३ दशमलव ९ प्रतिशत, र फलामे पाता ९७ दशमलव ३ प्रतिशतले घटेको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।