.

भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

विराटनगर ,यस वर्षकाे तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ ।मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो । विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्रले जनाएको छ । यस वर्ष तिहारमा झण्डै ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ । त्यस्तै, चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया