.

राष्ट्र बैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

विराटनगर , १५ कात्तिक । तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।


राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।


यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०र१० ग्रामका सिक्का हुनेछन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया