विराटनगर । हिजो र अस्ति घटेको सुनको मूल्य फेरि
बढेको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुन एक लाख १३ हजार दुई
सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ९
सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५
रुपैयाँले बढेर चाँदी तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?