दसैँअघि हजार टन चिनी बजारमा पठाइने, व्यापारीले ९७ रुपैयाँमा पाउने
२८ असोज २०८०, आइतवार
0
प्रतिक्रिया
विराटनगर , २८ असोज ।सरकारले बडादसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने भएको छ । उद्योगीबाट खरिद गरी साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमार्फत सो मात्रामा चिनी बजारमा पठाउन लागिएको हो ।
पहिलो चरणमा एक हजार मेट्रिकटन चिनी बजारमा पठाइने वाणज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार दसैँपछि उद्योगीले थप चिनी सरकारलाई उपलब्ध गराउनेछन् । महँगोमा किनेर सरकारले साल्ट ट्रेडिङमार्फत व्यापारीलाई प्रतिकिलो ९७ रुपैयाँमा चिनी उपलब्ध गराउने उनले बताए ।
अहिलेको चिनी ‘हाई क्वालिटी’को भएकाले सरकारले किन्दा महँगो पर्ने चिलुवालको भनाइ छ । अरू सामान्य समयमा देशभर दैनिक ५० हजार क्विन्टल चिनी माग हुने गरेको छ । चाडपर्वमा भने बढी माग हुने उनले बताए । उक्त चिनी साल्ट ट्रेडिङले खरिद गरेपछि बजारमा प्रतिपसल दुई बोराका दरले उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ ।