विराटनगर - मनाङ एअरको ‘एन–एनजे’ कलसाइन
हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त
रहेका अस्पतालले जनाएको छ । उहाँको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार
भइरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे
उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा
अवतरणका क्रममा दुर्घटना भएको हो । घाइते पाइलटलाई फिस्टेल एअरको
हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ ल्याइएको थियो हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक
लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेडाईं मात्र हुनुहुन्थ्यो ।
दुर्घटना भएको हेलिकप्टरमा आगो लागेका कारण क्षति भएको छ । नेपाल नागरिक
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हेलिकप्टर
दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान प्रक्रिया थालिएको छ । हिमाली क्षेत्रमा तीव्र हावा चल्ने भएकाले
हेलिकप्टर अवतरणको क्रममा हावाको बेगका कारण दुर्घटना भएको हुनसक्ने
प्रारम्भिक अनुमान छ ।