.

सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

विराटनगर , २६ असोज ।   सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो ।


सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ ।  यो भाउ अहिलेसम्मकै उच्च भने होइन । गएको साउन ४ गते सुनको भाउ तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।


आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ ।  आज चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया