.

लगातार बढ्दै सुनको भाउ, आज तोलामा एक हजार रुपैयाँ महँगो

विराटनगर , २२ असोज ।सुनको भाउ लगातार बढ्दै तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा पुगेको छ । आजको यो भाउ हिजोको भन्दा तोलामा एक हजार रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँ थियो ।


यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया