.

भारतद्वारा भन्सार छुट योजना अवधि थप

विराटनगर , असोज १२ ।भारत सरकारले निर्यातित उत्पादनहरुमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ ।


वाणिज्य तथा उद्योग मन्त्रालयले उत्पादित वस्तुहरुको भन्सार छुट अर्को वर्षको जुन महिनाको ३० तारिखसम्मका लागि थपेको जनाएको हो ।


भारतीय सञ्चार माध्यमका आनुसार यसले निर्यात कर्ताहरुलाई अन्तर्राष्ट्रिय वातावरणमा पुग्न मद्दत गर्ने बताइएको छ ।


विश्व व्यापार संगठन ९डब्ल्युटिओ० सँग मेल खाने यो योजना भारतले भन्सार छुट योजनाका रुपमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया