विराटनगर , ७ असोज । नेपाल विद्युतीय भुक्तानी प्रणाली नेप्स को अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नियुक्त भएका छन् ।
यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका न्यौपाने अध्यक्षमा नियुक्त भएका हुन् ।
नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा। नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भइ हाल उनी नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको २५ वर्ष बढीको अनुभव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?