.

गाजामा हवाई आक्रमण,२१० प्यालेस्टाइनीको मृत्यु,४ सय बढी घाइते

विराटनगर,२७ जेठ । शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ।
आक्रमणमा परी ४ सय भन्दा बढी घाइते भएका छन्। ।प्यालेस्टिनी मेडिकल रेकर्डको अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडित रहेका थिए।
मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसेइराट शिविर र देर अल शहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो।
जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ। मुख्य आपतकालीन जेनेरेटर चलाउन ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया