.

विश्वकप छनोटका लागि नेपालको २२ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाण्डौं ८ जेठ । आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपालले २२ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपाली टोलीले मंगलबारबाट टिमको तयारी सुरु गर्नेछ । विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ ।

सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ । प्रतियोगिताको समूह विभाजन र खेल तालिका प्रकाशनमा आएको छैन । विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् । १३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।  



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया