.

पर्यटन प्रवद्र्धनका लागि विराटराजाको दरबार देखि बर्जुसम्म हाफ म्याराथन हुने


विराटनगर, २ जेठ । वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरले ‘हाफ म्याराथन प्रतियोगिता’ गर्ने भएको छ । जेठ ६ गते शनिबारका दिन बिहान ६ बजे सो प्रतियोगिता विराटनगर भेडियारीस्थित विराटराजाको दरबार देखि सुनसरीको बर्जु तालसम्मको दूरीमा हुने भनिएको छ ।   

   ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने सो प्रतियोगिताले कोशी प्रदेशको धार्मिक पर्यटकीय तथा एतिहासिक स्थानको प्रवद्र्धन हुने आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा.सञ्जीव राईले जानकारी दिनुभयो । उहाँले लगभग २३ किमी दूरी रहने पुरुषतर्फको प्रतियोगितामा १०० जना सहभागी हुने र प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ७५ हजार, त्रितीय हुनेलाई ५० हजार राशिको पुरस्कार दिनुका साथै चौथो, पाँचौ र छैठौ हुनेलाई सन्त्वाना स्वरुप जनही १५ हजारको राशि प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यसैगरी, महिला तर्फ पाँच किमी दूरीमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार पुरस्कार प्रदान गर्ने जनाइएको छ । दौड विराटराजाको दरबार सङ्ग्रहालयबाट शुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक हुँदै केसलिया रोड, कोसलिया पुल, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक हुँदै शुक्रबारे चिमडी हुँदै बर्जु तालको उत्तर गेटबाट भित्र प्रवेश गर्ने रुट तय गरिएको छ । प्रतियोगिताको लागि आवश्यक पर्ने सबै व्यवस्था मन्त्रालयले व्यवस्थापन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया